२९ भाद्र २०८३, सोमबार
,
Latest
नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भपतन गराएको आरोपमा साढे एक वर्ष कैद सजाय



अ+ अ-

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई आज कैद सजाय भएको छ ।

महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।

अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले अभियुक्त बरैलाई कैद सजायको फैसला सुनाएको हो । अन्य तीन जना आरोपितले भने सफाइ पाएका छन् ।

बरैसहित उनका छोरा २७ वर्षीय श्याम राउत वरै, सोही ठाउँका ६५ वर्षीय रामजी साह र उनका छोरा ४० वर्षीय सुरेन्द्र साहले २०७७ फागुन ६ गते दिउँसो कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिनुभएको थियो । आफ्नो खेतमा बालीनाली हेर्न गएका बेला आरोपितहरूले गहँुबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गँहु काटिरहेको देखिएपछि रोक्न खोज्दा लातमुक्काले कुटपिट गरी घाइते बनाएको पीडितको आरोप छ ।

सोही क्रममा पेट दुखेर २०७७ फागुन ११ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकोमा फागुन १२ गते पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको पीडितको आरोप थियो । प्रहरीले २०७७ फागुन १४ गते उजुरी दर्ता गरी सोही दिन आरोपितमध्ये लक्ष्मण, श्याम र रामजीलाई पक्राउ ग¥यो । जिल्ला अदालतमा २०७७ फागुन २३ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले आरोपित लक्ष्मण, श्याम र रामजी जनही रु ३० हजारमा धरौटी राखी पूर्पक्षका लागि रिहा भएका थिए । जिल्ला अदालतमा २०७७ चैत १० गते हाजिर भएका सुरेन्द्रसमेत सोही दिन रु ३० हजारमा धरौटी राखी पूर्पक्षका लागि रिहा भएका थिए ।