४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

नेपाल कोरिया मैत्रीनगर अस्पतालमा आजबाट स्वास्थ्यबीमा सेवा सुचारु

नेपाल कोरिया मैत्रीनगर अस्पतालमा आजबाट स्वास्थ्यबीमा सेवा सुचारु
अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट पुनः स्वास्थ्यबीमा सेवा सुरु भएको छ ।

सरकारले स्वास्थ्यबीमा वापतको रु नौ करोडको भुक्तानी गर्न ढिलाइ गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्यबीमा सेवा ६ महिनापछि आजबाट पुनः सुचारु भएको हो ।

आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्वास्थ्यबीमा सेवा शुभारम्भ गर्दै अब यस अस्पतालमा सेवा लिँदै आएका बिरामीले उपचार र बीमाको सेवा प्राप्तिका लागि अन्त भौतारिनु नपर्ने बताउनुभयो । अस्पतालले ६ महिना अगाडि बिरामीलाई दिँदै आएको सम्पूर्ण सेवा र सुविधा आजदेखि पुनः सुचारु गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्य बीमा कार्यक्रम सरकारको एकदमै राम्रो र प्रभावकारी कार्यक्रम भए पनि रकम भुक्तानीमा हुने ढिलाइले समस्या आएको भन्दै अस्पताललाई बीमा बोर्डले तिर्नुपर्ने रु नौ करोड बाँकी भए पनि बाध्य भएर सेवा बन्दगर्नु परेको बताउनुभयो । यहीँ चैत ११ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपाल कोरिया मैत्रीनगरपालिका अस्पतालको अनुगमन गरी बीमावापतको बाँकी रकम भुक्तानी गर्ने तथा बीमा सेवा छिटो सुरु गराउने बताउनुभएको थियो ।

नगर प्रमुख श्रेष्ठले स्वास्थ्यमन्त्रीले अनुगमन गरेपछि बाँकी रकम आएको र बीमा बोर्डले अब एकतर्फी रुपमा सेवा बन्द नगर्ने सहमति बनेपछि आजबाट सेवा सुरु गर्नुभएको बताउनुभयो । सेवा शुभारम्भ कार्यक्रममा (नेकपा समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतले स्वास्थ्यबीमा सूचारु गराउने स्वास्थ्यमन्त्रीलाई ल्याएर अनुगमन गराएर यहाँका बिरामीले पाएको समस्यका बारेमा जानकारी गराएरपछि बीमा सूचारु गराउन सफल भएको बताउनुभयो ।

यसअघि बीमा सुचारु गराउन माग गर्दै (नेकपा माओवादी) केन्द्र मध्यपुरथिमिका सभापति विजय श्रेष्ठको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको थियो भने नेकपा समाजवादीका अध्यक्ष श्यामसुन्दर बस्नेतले स्वास्थ्य मन्त्रालयमा बीमा सेवा सुचारु गर्न पहलगर्नु भएको थियो । आज अस्पतालमा नगर प्रमुख श्रेष्ठ, समाजवादीका जिल्ला अध्यक्ष बस्नेत र माओवादी केन्द्रका नगर समिति अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । बीमा सेवा सुरु भएपछि आजैदेखि बिरामीको चाप पनि अस्पतालमा बढेको छ ।

दैनिक कम्तीमा ६०० देखि बढीमा ७०० जनासम्म बीमा कार्ड भएका बिरामी अस्पतालमा सेवा लिन आउने गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । यस अस्पतालमा बीमा कार्ड भएका बिरामीले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्र्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत अस्पतालले प्रदान गरेका सम्पूर्ण सेवा लिँदै आएका छन् ।

हाल १०२ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा १६ शय्याको आइसीयु, १५ थान भेन्टिलेटर, बच्चाका लागि दुई भेन्टिलेटर सञ्चालनमा छन् ।आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्दै कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारदेखि पिसिआर परीक्षणसम्ममा राम्रो काम गरेको अस्पतालका रुपमा चिनिएको थियो । अस्पतालले सिटीस्क्यान, एमआरआई, मुटुका बिरामीका लागि क्याथल्याब, मिर्गौलाका बिरामीका लागि छ वटा डायलायसिस मेसिन सञ्चालन तयारी गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य बीमा कार्ड भएका बिरामीको प्रथमबिन्दु अर्थात् सिफारिस केन्द्रमध्येको एक यस अस्पतालले भक्तपुर जिल्लाका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखादेखिका बिरामीलाई स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्रवाहगर्दै आएको छ ।