९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको नगद २२ लाखसहित एक पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

कास्की । पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम)सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।