• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

महन्थ ठाकुर डिस्चार्ज



काठमाडौँ । स्वास्थ्यमा समस्या आई काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचाररत लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर डिस्चार्ज हुनुभएको छ ।

पार्टी कार्यक्रमका लागि भैरहवा गएका बेला हिजो बुधबार उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

उहाँमा छाती दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको थियो । स्वास्थ्यलाभपछि उहाँ बिहीबार दिउँसो डिस्चार्ज हुनुभएको हो ।