काठमाडौं । नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ चयन भएका छन् ।
जिल्ला सभापतिका लागि तीन जना प्रत्यासी रहेकोमा पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो ।
तर पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका कान्छाराम तामाङलाई दोस्रो बढि मत ल्याउने लबश्री न्यौपानेले समर्थन गरेका हुन् ।
पहिलो चरणमा पार्टी संस्थापन निकट रहेको तामाङले ६६८ मत पाएका थिए भने उनका निकटम प्रतिस्पर्धी न्यौपानेले ३५६ र अर्का उम्मेदवार कृष्णबहादुर महतले ३२८ मत प्राप्त गरे ।
कांग्रेस विधानको व्यवस्था अनुसार दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच निर्वाचन हुने प्रावधान रहेकोमा दोस्रो मत पाएका न्यौपानेले समर्थन गरेपछि तामाङ सर्वसम्मत सभापति निर्वाचित भएका हुन् ।








