काठमाडौं । नेपाली कांग्रेस कालिकोट जिल्ला सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।
कालिकोटमा जिल्ला सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको गरिएको हो ।
कालिकोटका ८२ वटा वडा, ९ वटा पालिका, २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको बताइएको छ । यस्तै सहमतिमै महाधिवेशन प्रतिनिधि पनि निर्वाचित भएको कालिकोट कांग्रेसले जनाएको छ ।
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष समेत रहेका शाही २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका थिए ।








