२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथियोपियाका प्रधानमन्त्री अबिद्वारा नयाँ कार्यकालका लागि शपथ



अ+ अ-

एड्डिस अबाबा । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । गत जुनमा भारी मतान्तरले चुनाव जितेका प्रधानमन्त्री अबीले नयाँ कार्यकाल ९पाँच वर्षको० लागि सोमबार शपथ लिएका हुन् ।  

जुन महिनामा  प्रधानमन्त्रीमा अत्यधिक मतले विजयी भएपनि उनको सरकारले टिग्रेइको उत्तरी क्षेत्रमा लामो द्वन्द्वलगायत अनेक चुनौतीहरूको सामना गर्नुपरेको छ।

अबीले सर्वोच्च अदालतका प्रधान न्यायाधीश मेजा आशेनाफीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। संसद्को तल्लो सदनका सभामुख र उपसभामुखले पनि सोमबार शपथ लिएका छन् । (रासस-एएफपी)