२ आश्विन २०८३, शुक्रबार
,
Latest
बाढीको पानी घट्यो, जोखिम घटेन जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राप्रपा नेपाल प्रतिकूलतालाई चिर्दै अघि बढ्छ’



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीले प्रतिकूलतालाई चिर्दै उच्च मनोबलका साथ अघि बढ्ने बताएका छन् ।

केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशयी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको, भ्रष्टाचार डरलाग्दो रूपमा अनियन्त्रित ढंगले बढेको, धर्मपरिवर्तनको डढेलो लागेका बेला वैकल्पिक मार्गचित्र आवश्यक भएकाले राप्रपा नेपाल पुनर्जागृत गर्नुपरेको बताए । विशिष्ट परिस्थितिका कारण राप्रपा नेपाललाई अघि बढाउन आवश्यक भएकाले हामीले कार्यकर्ता र जनतालाई स्पष्ट पार्नुपर्ने समेत थापाले बताए ।

छोटो समय र तयारीका बाबजुद पनि स्थानीय तहको निर्वाचनमा सम्मानजनक उपस्थिति हुने भन्दै थापाले स्थानीय तह निर्वाचनमा होमिन नेताहरूलाई आग्रह समेत गरे ।

बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेका थिए भने स्थानीय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचनसम्बन्धी पार्टीको घोषणा पत्रका विषयमा प्रवक्ता सुरेश आचार्यले आफ्नो प्रस्तुति दिएका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो जिल्लाको सांगठनिक अवस्था र चुनावी तयारीबारे जानकारी गराएका थिए । घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्न चैत २५ गते काठमाडौँमा कार्यक्रम आयोजना गरिने राप्रपा नेपालले जनाएको छ ।