२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राप्रपा नेपाल प्रतिकूलतालाई चिर्दै अघि बढ्छ’



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीले प्रतिकूलतालाई चिर्दै उच्च मनोबलका साथ अघि बढ्ने बताएका छन् ।

केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशयी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको, भ्रष्टाचार डरलाग्दो रूपमा अनियन्त्रित ढंगले बढेको, धर्मपरिवर्तनको डढेलो लागेका बेला वैकल्पिक मार्गचित्र आवश्यक भएकाले राप्रपा नेपाल पुनर्जागृत गर्नुपरेको बताए । विशिष्ट परिस्थितिका कारण राप्रपा नेपाललाई अघि बढाउन आवश्यक भएकाले हामीले कार्यकर्ता र जनतालाई स्पष्ट पार्नुपर्ने समेत थापाले बताए ।

छोटो समय र तयारीका बाबजुद पनि स्थानीय तहको निर्वाचनमा सम्मानजनक उपस्थिति हुने भन्दै थापाले स्थानीय तह निर्वाचनमा होमिन नेताहरूलाई आग्रह समेत गरे ।

बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेका थिए भने स्थानीय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचनसम्बन्धी पार्टीको घोषणा पत्रका विषयमा प्रवक्ता सुरेश आचार्यले आफ्नो प्रस्तुति दिएका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो जिल्लाको सांगठनिक अवस्था र चुनावी तयारीबारे जानकारी गराएका थिए । घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्न चैत २५ गते काठमाडौँमा कार्यक्रम आयोजना गरिने राप्रपा नेपालले जनाएको छ ।