५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राप्रपा नेपाल प्रतिकूलतालाई चिर्दै अघि बढ्छ’



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीले प्रतिकूलतालाई चिर्दै उच्च मनोबलका साथ अघि बढ्ने बताएका छन् ।

केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशयी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको, भ्रष्टाचार डरलाग्दो रूपमा अनियन्त्रित ढंगले बढेको, धर्मपरिवर्तनको डढेलो लागेका बेला वैकल्पिक मार्गचित्र आवश्यक भएकाले राप्रपा नेपाल पुनर्जागृत गर्नुपरेको बताए । विशिष्ट परिस्थितिका कारण राप्रपा नेपाललाई अघि बढाउन आवश्यक भएकाले हामीले कार्यकर्ता र जनतालाई स्पष्ट पार्नुपर्ने समेत थापाले बताए ।

छोटो समय र तयारीका बाबजुद पनि स्थानीय तहको निर्वाचनमा सम्मानजनक उपस्थिति हुने भन्दै थापाले स्थानीय तह निर्वाचनमा होमिन नेताहरूलाई आग्रह समेत गरे ।

बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेका थिए भने स्थानीय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचनसम्बन्धी पार्टीको घोषणा पत्रका विषयमा प्रवक्ता सुरेश आचार्यले आफ्नो प्रस्तुति दिएका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो जिल्लाको सांगठनिक अवस्था र चुनावी तयारीबारे जानकारी गराएका थिए । घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्न चैत २५ गते काठमाडौँमा कार्यक्रम आयोजना गरिने राप्रपा नेपालले जनाएको छ ।