काठमाडौं । महाधिवेशन केन्द्रित छलफल गर्न नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह जुटेका छन् । निधि निवास बानेश्वरमा तीन नेताबीच छलफल भएकाे हाे ।
‘सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका विमेन्द्र निधिले यसपटक आफैं सभापतिको उम्मेदवार बन्ने तयारी गरेका छन् । त्यस्तै महामन्त्री डा.कोइरालाले पनि आफू सभापतिको उम्मेदवार बने मात्रै देउवालाई हराउन सक्ने र अरु कसैले हराउन नसक्ने बताउँदै आएका छन् भने प्रकाशमान सिंहले पनि आफ सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
जसकारण तीन नेताको भेटवार्तालाई चासोको रुपमा हेरिएको छ ।








