९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः बंगलादेशसँग बराबरीमा रोकियो भारत



अ+ अ-

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेश र भारतले बराबरी खेलेका छन् । 

सोमबार साँझ भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २६ औं मिनेटमा भारतले सुनील क्षेत्रीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । 

७४ औं मिनेटमा यीसिन अरफतले गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । 

खेलको ५४ औं मिनेटमा विश्वनाथ घोषले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । 

यस्तै आज राति नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल ९ः४५ बजे सुरु हुनेछ ।