• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

नेप्से परिसूचक ४६.४६ अंकले घट्यो, कारोबार रकम भने बढ्यो



काठमाडौँ । मंगलबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

सोमबार सामान्य अंकले गिरावट आएको नेप्से सूचक ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंकले गिरावट भएको छ ।

मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर २ अर्ब ६७ करोड १२ लाख ३२ हजार २८८ रुपैयाँमा खरिद बिक्री भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबारको दिन डेढ अर्बको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमा होटल उपसमूह बाहेक अन्य १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

त्यस्तै, भर्खरै शेयर बजारमा सूचिकृत भएको नेश्डो लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ । जाल्पा लघुवित्त र युनिलिभर नेपालको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ । यस्तै इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ६.३७ प्रतिशत, युनाइटेड इदि मर्दी ६.०१ प्रतिशतले घटेको छ ।

कारोबारको हिसावमा हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ९ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड ५९ लाख, नेपाल लाइफको ८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।