१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको सर्कुलर– तत्काल उम्मेदवारको टुंगो नलगाऊ



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दलहरूसँग चुनावी तालमेलको तयारी अघि बढेसँगै नेपाली कांग्रेसले उम्मेदवारको टुंगो तत्काल नलगाउन सर्कुलर गरेको छ ।

पार्टी केन्द्रीय समितिले यसअघि त्यस्ता उम्मेदवारको नाम सिफारिस गर्न र यथासक्य उम्मेदवारको टुंगो लगाउन सर्कुलर गरेको थियो । तर सत्तारुढ दलहरूसँग गठबन्धनको सम्भावना बढेसँगै पार्टीले उम्मेदवारको टुंगो तत्काल नलगाउन सर्कुलर गरेको हो ।

निर्वाचन आयोगले आगामी वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति निर्धारण गरेको छ । पार्टी विधानअनुसार नेपाली कांग्रेसले मनोनयन गर्नुभन्दा एक महिनाअघि नै उम्मेद्वारको टुङ्गो लगाइसक्नुपर्ने हो ।

वैशाख १ गतेसम्ममा उम्मेदवारको टुङ्गो लगाइसक्नुपर्ने भनी निर्देशन दिइएको भए पनि पुनः त्यो प्रक्रियालाई स्थगित गर्न पार्टीले निर्देश गरेको छ ।

पार्टीको विधानअनुसार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले वडाध्यक्ष र सदस्यहरु, जिल्ला संसदीय समितिले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा प्रदेश संसदीय समितिहरुले नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउनुपर्नेछ ।

नेपाली कांग्रेसले सत्ता साझेदारका अन्य दलसँग आवश्यकताका आधारमा तालमेल गरेर चुनावामा भाग लिने तयारी गरेको छ । सत्ता साझेदार अन्य दलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।