५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा सात हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा सात हजार ५५४ नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

सोही अवधिमा कोरोना सङ्क्रमणको २२३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ जनाको मृत्यु भएको जनाइएको छ । 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा १४ हजार १२३ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् । 

भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ३८ हजार ६७३  जना कोरोना मुक्त भएका समाचारमा जनाइएको छ । (रासस-सिन्ह्वा)