२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड १९ पोजेटिभ



अ+ अ-

सिड्नी । अष्ट्रेलिया का प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ । उहाँले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताउनुभएको हो । उहाँले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताउनुभएको सो वेभसाइटमा राखिएको छ । (रासस/सिन्ह्वा)