• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले

इमरान खानले पूर्व प्रधानन्यायाधीश अहमदलाई काम चलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरे



एजेन्सी । पाकिस्तानमा जारी राजनैतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभएको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले पुष्टि गर्नुभएको छ ।

प्रभात अखबारका अनुसार पीटीआईको उच्च स्तरीय समितिबाट अनुमोदन भएपछि इमरान खानले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।

गुलजार अहमदको नामाङ्कन संविधानको धारा २२४– क ९१० अन्तर्गत काम चलाउ प्रधानमन्त्रीको रूपमा नियुक्तिका लागि उपयुक्त व्यक्तिहरूको नाम प्रस्ताव गर्न राष्ट्रपति डा। आरिफ अल्वीले सोमबार प्रधानमन्त्री तथा विपक्षी नेतालाई लेखेको पत्रपछि खानले उक्त प्रस्ताब गर्नुभएको बताइएको छ ।

इमरान खानविरुद्धको अविश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले खारेज गरेको एक दिनपछि प्रधानमन्त्रीबारे यस्तो निर्णय गरिएको हो ।

राष्ट्रपति आरिफ अल्वीले खानको सल्लाहमा राष्ट्रिय सभा भङ्ग गर्नुभएको छ । सन् २०१९ को डिसेम्बर २१ मा पाकिस्तानको २७ औं प्रधान न्यायाधीशका रुपमा शपथ लिएका अहमदको जन्म २ फेब्रुअरी १९५७ मा कराँचीमा भएको थियो । प्रभात अखबारका अनुसार उहाँले सन् २०२२ फेब्रुअरीसम्म प्रधानन्यायाधीशको रूपमा काम गर्नुभएको थियो ।