१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेत्तीस जनामा कोरोना सङ्क्रमण, ८९ जना निको



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण ३३ जनामा देखिएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८४२ पुगेकामा पछिल्लो समय ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७१४ पुगेको छ । निको हुने दर ९८दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित जिल्लाको सङ्ख्या १८ पुगेको छ । मन्त्रालयका अनुसार ती जिल्लामा इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, रुपन्देही, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।

नेपालमा कोराना सङ्क्रमण दर १७ दशमलव छ प्रतिशत छ ।

हाल होम आइसोलेसनमा ८०६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।