• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

यो निर्वाचनमा माओवादी केन्द्रसँग एमालेको कुनै पनि तालमेल हुँदैन: उपाध्यक्ष पौडेल (भिडियोसहित)



file

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको सम्भावना नरहेको बताउनु भएको छ । न्यूजपोलारसँग उपाध्यक्ष पौडेलले भन्नुभयो ‘एमालेले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दैन ।’

उहाँले एमालेसित वार्ता छलफल भइरहेको छ भन्ने प्रचार गरेर माओवादीले गठबन्धनभित्र बार्गेनिङ गर्न खोजेको आशंका गर्दे एमाले कसैका लागि जुवाको खालको तासको पत्ता नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर लडेकै हो आज पनि त्यही अवस्था छ परिणाम कसको पक्षमा गयो स्पष्ट नै छ ।’

उपाध्यक्ष पौडेलले गठबन्धनको बिषयलाई लिएर माओवादीका नेताहरुसँग औपचारिक या अनौपचारिक रुपमा कुनै पनि प्रकारको छलफल नगरेको जानकारी गराउदै तालमलेका निम्ति कुराकानी गर्ने पक्षमा एमाले नरहेको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो ‘तालमेलका नामा माओवादी नेताहरुले गलत सुचना प्रभाव गर्नुभएको छ किनकी उहाँहरु लाई निर्वाचनमा कसै न कसैको टेको चाहिन्छ त्यही टेको को साहरा खोज्दै हुनुहुन्छ ।’

उहाँले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरुमा जित्ने बताउनुभयो । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशत भन्दा तल भने नझर्ने उहाँले दाबी गर्नुभयो ।  उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा(माओवादी केन्द्र)लाई चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘एक्लै प्रतिस्पर्धा गर्छौ । एक्लै जित हासिल गर्छौ । कम्तिमा पनि हाम्रो टार्जेट कति छ भने ७० प्रतिशत स्थानीय तहहरुमा, ७० प्रतिशत पालिकाहरुमा हामी एक्लै जित्छौँ । पालिकाका पदाधिकारीहरु, सदस्यहरु हामी एक्लै जित्छौँ । र त्यो प्रतिकुलता थपिएछ भनेपनि हाम्रो विजयको ग्राफ ६० प्रतिशत भन्दा तल ओर्लिन्न । हामी त्यो तहको जित हासिलको तयारी गर्दैछौँ । त्यसकारणले नेकपा(एमाले)ले कसैसँग गठबन्धन गर्दैन । एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भनेर नसोचे हुन्छ । खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहान्छु, त्यसखालको सपना नदेखेहुन्छ ।’

उहाँले माओवादी केन्द्रसँग तालमेलका लागि कुनैपनि प्रकारको सम्वाद नभएको स्पष्ट पार्नुभयो । माओवादी केन्द्र र एमालेको बिचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाई प्रति टिप्पणी गर्दै उहाँले सो कुरा हास्यास्पद भएको बताउनुभयो । कम्युनिष्ट सरकार ढालेर कांग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धन बनाउने माओवादी केन्द्रलाई चाहीँ ग्लानी र पश्चाताप हुनुपर्ने उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग कुनैपनि प्रकारको वार्ता गर्नु आवश्यक नरहेको एमाले उपाध्यक्ष पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेकपा(एमाले)सँग माओवादी केन्द्रका कुनैपनि नेता, कार्यकर्ता वा सदस्यहरुका बिचमा औपचारिक वा अनौपचारिक रुपमा, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, घोषित वा अघोषित रुपमा, दृश्य वा अदृश्य रुपमा कुनैपनि हिसाबका सम्वाद भएका छैनन् । सम्वाद गर्नुपर्ने आवश्यकता पनि छैन । र यो नेकपा(एमाले)सँग सम्वाद भइरहेको छ भनेर के उद्देश्यले भनिएको छ हामी अनुमान गर्न सक्छौँ । कुन बार्गेनिङका निम्ति यो अभिव्यक्ति आइरहेको छ हामी अनुमान गर्न सक्छौँ । म स्पष्ट गर्न चाहान्छु, माओवादी केन्द्रसँग नेकपा(एमाले)को कुनैपनि तहका नेता, कार्यकर्ताका बिचमा प्रत्यक्ष वा परोक्ष रुपमा कुनैपनि हिसाबले वार्ता भएको छैन । वार्ता गर्नुपर्ने आवश्यकता पनि छैन । र जहाँसम्म गठबन्धनको प्रश्न छ, नेकपा(एमाले)का अध्यक्षले आत्माआलोचना गर्नुपर्ने यो हास्यास्पद कुरा हो । कम्युनिष्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थी गठबन्धन उहाँहरुले बनाइरहनु भएको छ । दुनियाँलाई थाहा छ हिजो उहाँहरुले कथित जनयुद्ध सुरु गर्दा त्यतिबेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । उहाँलाई ४० बुँदे ज्ञापन पत्र बुझाएर उहाँहरुले कथित जनयुद्ध सुरु गर्नुभएको थियो ।

आज फेरी कम्युनिष्ट पार्टीको सरकार ढालेर शेरबहादुर देउवाजीको नेतृत्वमा उहाँहरुले यो सरकार बनाइरहनु भएको छ र दक्षिणपन्थी गठबन्धन निर्माण गर्नुभएको छ । यसप्रति उहाँहरुलाई कुनै पश्चाताप छैन । यसप्रति उहाँहरुलाई कुनै ग्लानी छैन । कुनै लघुताभास छैन । अझै भन्दै हुनुहुन्छ कि एमालेको अध्यक्षले आत्माआलोचना गर्नुप-यो । यो सम्पूर्ण रुपमा हास्यास्पद कुरा हो ।

नेकपा(एमाले)ले जनताको पक्षमा, राष्ट्रका पक्षमा दृढतापूर्वक उभिएको छ । एमालेको प्रमुख नेताको हिसाबले केपी शर्मा ओलीले यो युगिन र ऐतिहासिक महत्वका कामहरु गर्नुभएको छ । आफ्ना कामप्रति नेकपा(एमाले)लाई गर्व छ । नेकपा एमालेका अध्यक्षलाई गर्व छ । त्यसकारणले यो आत्माआलोचनाका हास्यास्पद कुरा गरिरहनु जरुरी छैन ।’

सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा एकले अर्कोलाई एमालेसँग मिल्छु भनेर तर्साउने गरेको भन्दै एमाले कसैको भ¥याङ नबन्ने उहाँले बताउनुभयो ।