१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो निर्वाचनमा माओवादी केन्द्रसँग एमालेको कुनै पनि तालमेल हुँदैन: उपाध्यक्ष पौडेल (भिडियोसहित)



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको सम्भावना नरहेको बताउनु भएको छ । न्यूजपोलारसँग उपाध्यक्ष पौडेलले भन्नुभयो ‘एमालेले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दैन ।’

उहाँले एमालेसित वार्ता छलफल भइरहेको छ भन्ने प्रचार गरेर माओवादीले गठबन्धनभित्र बार्गेनिङ गर्न खोजेको आशंका गर्दे एमाले कसैका लागि जुवाको खालको तासको पत्ता नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर लडेकै हो आज पनि त्यही अवस्था छ परिणाम कसको पक्षमा गयो स्पष्ट नै छ ।’

उपाध्यक्ष पौडेलले गठबन्धनको बिषयलाई लिएर माओवादीका नेताहरुसँग औपचारिक या अनौपचारिक रुपमा कुनै पनि प्रकारको छलफल नगरेको जानकारी गराउदै तालमलेका निम्ति कुराकानी गर्ने पक्षमा एमाले नरहेको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो ‘तालमेलका नामा माओवादी नेताहरुले गलत सुचना प्रभाव गर्नुभएको छ किनकी उहाँहरु लाई निर्वाचनमा कसै न कसैको टेको चाहिन्छ त्यही टेको को साहरा खोज्दै हुनुहुन्छ ।’

उहाँले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरुमा जित्ने बताउनुभयो । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशत भन्दा तल भने नझर्ने उहाँले दाबी गर्नुभयो ।  उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा(माओवादी केन्द्र)लाई चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘एक्लै प्रतिस्पर्धा गर्छौ । एक्लै जित हासिल गर्छौ । कम्तिमा पनि हाम्रो टार्जेट कति छ भने ७० प्रतिशत स्थानीय तहहरुमा, ७० प्रतिशत पालिकाहरुमा हामी एक्लै जित्छौँ । पालिकाका पदाधिकारीहरु, सदस्यहरु हामी एक्लै जित्छौँ । र त्यो प्रतिकुलता थपिएछ भनेपनि हाम्रो विजयको ग्राफ ६० प्रतिशत भन्दा तल ओर्लिन्न । हामी त्यो तहको जित हासिलको तयारी गर्दैछौँ । त्यसकारणले नेकपा(एमाले)ले कसैसँग गठबन्धन गर्दैन । एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भनेर नसोचे हुन्छ । खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहान्छु, त्यसखालको सपना नदेखेहुन्छ ।’

उहाँले माओवादी केन्द्रसँग तालमेलका लागि कुनैपनि प्रकारको सम्वाद नभएको स्पष्ट पार्नुभयो । माओवादी केन्द्र र एमालेको बिचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाई प्रति टिप्पणी गर्दै उहाँले सो कुरा हास्यास्पद भएको बताउनुभयो । कम्युनिष्ट सरकार ढालेर कांग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धन बनाउने माओवादी केन्द्रलाई चाहीँ ग्लानी र पश्चाताप हुनुपर्ने उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग कुनैपनि प्रकारको वार्ता गर्नु आवश्यक नरहेको एमाले उपाध्यक्ष पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेकपा(एमाले)सँग माओवादी केन्द्रका कुनैपनि नेता, कार्यकर्ता वा सदस्यहरुका बिचमा औपचारिक वा अनौपचारिक रुपमा, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, घोषित वा अघोषित रुपमा, दृश्य वा अदृश्य रुपमा कुनैपनि हिसाबका सम्वाद भएका छैनन् । सम्वाद गर्नुपर्ने आवश्यकता पनि छैन । र यो नेकपा(एमाले)सँग सम्वाद भइरहेको छ भनेर के उद्देश्यले भनिएको छ हामी अनुमान गर्न सक्छौँ । कुन बार्गेनिङका निम्ति यो अभिव्यक्ति आइरहेको छ हामी अनुमान गर्न सक्छौँ । म स्पष्ट गर्न चाहान्छु, माओवादी केन्द्रसँग नेकपा(एमाले)को कुनैपनि तहका नेता, कार्यकर्ताका बिचमा प्रत्यक्ष वा परोक्ष रुपमा कुनैपनि हिसाबले वार्ता भएको छैन । वार्ता गर्नुपर्ने आवश्यकता पनि छैन । र जहाँसम्म गठबन्धनको प्रश्न छ, नेकपा(एमाले)का अध्यक्षले आत्माआलोचना गर्नुपर्ने यो हास्यास्पद कुरा हो । कम्युनिष्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थी गठबन्धन उहाँहरुले बनाइरहनु भएको छ । दुनियाँलाई थाहा छ हिजो उहाँहरुले कथित जनयुद्ध सुरु गर्दा त्यतिबेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । उहाँलाई ४० बुँदे ज्ञापन पत्र बुझाएर उहाँहरुले कथित जनयुद्ध सुरु गर्नुभएको थियो ।

आज फेरी कम्युनिष्ट पार्टीको सरकार ढालेर शेरबहादुर देउवाजीको नेतृत्वमा उहाँहरुले यो सरकार बनाइरहनु भएको छ र दक्षिणपन्थी गठबन्धन निर्माण गर्नुभएको छ । यसप्रति उहाँहरुलाई कुनै पश्चाताप छैन । यसप्रति उहाँहरुलाई कुनै ग्लानी छैन । कुनै लघुताभास छैन । अझै भन्दै हुनुहुन्छ कि एमालेको अध्यक्षले आत्माआलोचना गर्नुप-यो । यो सम्पूर्ण रुपमा हास्यास्पद कुरा हो ।

नेकपा(एमाले)ले जनताको पक्षमा, राष्ट्रका पक्षमा दृढतापूर्वक उभिएको छ । एमालेको प्रमुख नेताको हिसाबले केपी शर्मा ओलीले यो युगिन र ऐतिहासिक महत्वका कामहरु गर्नुभएको छ । आफ्ना कामप्रति नेकपा(एमाले)लाई गर्व छ । नेकपा एमालेका अध्यक्षलाई गर्व छ । त्यसकारणले यो आत्माआलोचनाका हास्यास्पद कुरा गरिरहनु जरुरी छैन ।’

सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा एकले अर्कोलाई एमालेसँग मिल्छु भनेर तर्साउने गरेको भन्दै एमाले कसैको भ¥याङ नबन्ने उहाँले बताउनुभयो ।




भर्खरै