३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्वका नेताहरुको बधाई



अ+ अ-

टोकियो । जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँ सोमबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । 

नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिनुभएको छ । राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताउनुभएको छ । साथै उहाँले आगामी आम निर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिनुभएको छ । 

त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई बधाई दिनुभएको छ । उहाँले नवनियुक्त प्रधानमन्त्री किशिदाको समयमा चीन जापान सम्बन्ध राम्रो रहने बताउनुभएको छ । त्यस्तै चिनियाँ प्रधानमन्त्रीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई सन्देश पठाउनुभएको छ । 

उता नवनियुक्त प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी पनि थाल्नुभएको बताइएको छ । उहाँले देशको १०० औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गर्नुर्भको थियो । त्यस क्रममा उहाँले निर्वाचनको तयारी सुरु गर्ने घोषणा गर्नुभयो ।  

उहाँले यही अक्टोबर ३१ मा जापानमा आम निर्वाचन गराउने तयारी गर्नुभएको हो । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उहाँले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको घोषणा गर्नुभएको हो । 

निर्वाचन गराउने प्रयोजनकै लागि उहाँले यही अक्टोबर १४ मा यहाँको संसदको तल्लो सदन विघटन गर्नुहुने छ र निर्वाचनको औपचारिक सुरुआतको घोषणा गर्नुहुनेछ । (रासस-सिन्हवा)