९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपीएलः भैरहवासँग अंक बाँड्दै काठमाडौं प्लेअफमा पुग्यो



अ+ अ-

काठमाडौं । काठमाडौं किङ्स–११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफमा स्थान बनाएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा मंगलबार भैरहवा ग्लाडीयटर्सविरुद्धको खेल स्थगित हुन पुगेपछि एक अंक प्राप्त गर्दै काठमाडौं प्ले अफमा पुग्न सफल भएको हो ।

सोमबार परेको वर्षाले मैदान भिजेको कारण खेल स्थगित भएपछि काठमाडौं र भैरहवाले एक एक अंक बाडे । 

भैरहवा र काठमाडौंबीचको खेल टस समेत नभई स्थगित भएको थियो । काठमाडौं चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो । काठमाडौंले ५ खेलमा ३ अंक जोड्यो ।

ललितपुर प्याट्रीयट्ससँग समान ३ अंक जोडेपनि काठमाडौंले नेट रन रेटको आधारमा प्लेअफमा स्थान बनायो । यता साविक विजेता ललितपुर भने लिग चरणबाटै बाहिरिएको छ ।

भैरहवा ७ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको छ । अब चितवन टाइगर्स र भैरहवाले पहिलो क्वालिफायर खेल खेल्नेछ । काठमाडौंले पोखरा राइनोजसँग इलिमिनेटर खेल खेल्नेछ ।

पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले फाइनल प्रवेशका लागि पुनः इलिमिनेटरको विजेतासँग खेल्नेछ।