१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

मनोमानी रोक्न अस्थायी भाडादर कायम गरिने

मनोमानी रोक्न अस्थायी भाडादर कायम गरिने
अ अ+ अ-

काठमाडौं । सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले भाडादर कायम गरेर लागू गर्ने निर्णय गरेको छ । प्रशासनमा यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, ट्राफिक र व्यवसायीको बैठकले न्यूनतम भाडादर कायम गर्ने र सार्वजनिक सवारी सेवालाई चुस्त तथा विवादरहित बनाउने निर्णय भएको हो । 

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले बागलुङ बजारदेखि मालढुङ्गा, कुश्मा, बेनी, कुँडुले, पञ्चकोटसहित गलकोट र बुर्तिबाङ तथा पोखरासम्मका ट्याक्सीको भाडादर बढेको दरमा लिन पाउने न्यूनतम रुपैयाँ काम गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले बताउनुभयो । उक्त दरलाई अक्षरशः अद्यावधिक गरेपछि पुनः बैठक बसेर पारित गरी अस्थायी रुपमा लागू गरिने उहाँले जानकारी दिनुभयो । 

स्थायी रुपमा भाडादर कायम गर्न भने जिल्ला तहमा अधिकार छैन । सरकारले लागू गर्ने भाडादरलाई जिल्ला तहमा समायोजन गर्ने व्यवस्था छ । बागलुङदेखि गलकोटतर्फ जाने जिप र बस तथा बुर्तिबाङदेखि निसीतर्फ जाने सार्वजनिक यातायातले बढी भाडा असुल गरेकोसमेत गुनासो आएकाले नियमनका लागि व्यवसायी बोलाएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो । “यात्री ठगिने, गुनासो आइरहने अवस्था हुन नदिन बैठक बस्यौँ”, कार्कीले भन्नुभयो, “अब गुनासो नआउने गरी काम गर्नुपर्छ ।”

लाइसेन्स नभएका र रुट परमिट नभएका गाडीले पश्चिम बागलुङमा यात्री ओसार्ने गरेको तथा उनीहरुले चर्को भाडा लिएको ढोरपाटन यातायात सेवा प्रालिका सचिव नरबहादुर क्षेत्रीले बताउनुभयो । तर प्रहरीले भने परमिट नभएका मात्र नभई भएकाहरुले पनि बढी भाडा लिएको भेटिएकाले नियमनका लागि बोलाउनु परेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । 

आइतबारदेखि ट्राफिक प्रहरीले पनि अनुगमनलाई बढाउन थालेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताउनुभयो । “यो समस्या बढी पश्चिम क्षेत्रमा देखिएकाले नियमन र अनुगमन बढाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

सबै गाडीको पछिपछि प्रहरी दौडेर नहोला तर नमूनाका रुपमा केही कारबाही गर्ने र नियमित अनुगमन पनि गर्ने उहाँले बताउनुभयो । बैठकले प्रस्तावित भाडादर यातायात व्यवस्था समितिको बैठकमा राखेर निर्णय गराउने तथा दसैँ, तिहारसहितका चाडपर्वमा भीडभाड हुन नदिने र दुर्घटना न्यूनीकरण गर्न नियमित अनुगमन गर्ने निर्णय गरेको हो । (रासस)