४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा देउवाको आग्रह

सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा देउवाको आग्रह
अ+ अ-

नयाँ दिल्ली। प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको छ । हिजो सो इन्स्टिच्युटको भ्रमणका क्रममा डा देउवाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्नेबारेमा आग्रह गर्नुभयो ।

इन्स्टिच्युटका विज्ञहरूसँगको अन्तक्र्रियामा डा देउवाले नेपालमा पनि एआइआइएमएसजस्ता संस्था स्थापना गरी तिनको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने बताउनुभयो । सरकारी र गैरसरकारी निकायको निरन्तर प्रयास हुँदाहुँदै नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाउन सकिएको भए पनि अझै यो समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले मुलुकको सुदूरपश्चिम क्षेत्रमा यो समस्यामा अझै रहेको देखिएकाले त्यस क्षेत्रमा एआइआइएमएसको सेवा लैजान आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएकी डा देउवाले तीन दशकदेखि नेपालमा सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँले नेपालमा एक चुनौतीका रूपमा देखिएको मातृ मृत्यु तथा शिशु मृत्यु घटाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका अभ्यासहरू भित्र्याइ देशका विभिन्न भू–भागमा विशेष अभियान सञ्चालन गर्दै आउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमणका क्रममा डा आरजु राणा देउवा पनि हाल भारतको नयाँ दिल्लीमा हुनुहुन्छ ।

डा देउवाको आग्रहलाई सहर्ष स्वीकार गर्दै छिट्टै यस सम्बन्धमा आवश्यक पहल सुरु गरिने एआइआइएमएसका निमित्त निर्देशक प्रा डा नीना खन्नाले बताउनुभयो । उहाँले नेपालकी प्रथम महिला तथा सुरक्षित मातृत्वका क्षेत्रमा लामो अनुभव सँगाल्नुभएकी डा देउवासहितको नेपाली विज्ञहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपाल सरकारसँग समन्वय गरी यस क्षेत्रमा काम गर्न इच्छुक रहेको धारणा राख्नुभयो ।

एआइआइएमएसबाट एमबिबीएस र एमडी गर्नुभएका प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा रामपदार्थ बिछाले भारत सरकारले विभिन्न १२ राज्यमा एआइआइएमएसको सेवा विस्तार गरेको उल्लेख गर्दै नेपालमा तत्काल एउटै भए पनि एआइआइएमएस स्थापना हुनसके नेपाली जनताका लागि ठूलो सेवा पुग्ने बताउनुभयो । उहाँले सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्ति तयार, सामूहिक अनुसन्धान, अनुभव आदान–प्रदान र असल अभ्यासमा सहकार्य गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्रीका निजी सचिव प्रकाशबहादुर देउवा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का निजी चिकित्सक डा शैल रुपाखेती, नायब शिष्टाचार महापाल रेवती पौडेल उपस्थित हुनुहुन्थ्यो । एआइआइएमएसका मेडिकल सुपरिटेण्डेन्ट डा डिके शर्मा, डा नीरजा भट्ला, डा आरती भिज, डा कालोल रोय, डा नीना मल्होत्रा, डा भात्सला डडवाल, डा गरिमा दड्गवाट र डा अनुप डगालगायतका वरिष्ठ चिकित्सक र अधिकारीहरूको सहभागिता रहेको थियो ।