५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.57

Humidity: 47

Latest
नेपोनको अध्यक्षमा पाण्डे चयन हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले दिए राजीनामा कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था समिति सभापतिलाई बुझाए ११ बुँदे मागपत्र संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक सेटमै झगडा गरेपछि असीमलाई ‘ब्याटलग्राउन्ड’बाट पनि निकालिदै ! आईपीएलमा आज आरसीबी भर्सेस पीबीकेएसः ब्याटिङमा कोहली र अय्यर भिड्दै उच्च बिन्दुमा पुगेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा वाराणसीमा



अ+ अ-

वाराणसी। भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुग्नुभएको छ ।

उहाँलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो । यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नुहुने छ ।

त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । रासस