९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्पक्षका लागि कारागार चलान भए संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी



अ+ अ-

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

संखुवासभा जिल्ला अदालतले चार जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने १७ वर्षीय नरेश कार्कीलाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया उनकी आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।