३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली राष्ट्रपति इसहाक बाबी यार नरसंहारको वार्षिकोत्सवमा भाग लिन त्यसतर्फ प्रस्थान



अ+ अ-

जेरुसेलम । इजरायली राष्ट्रपति इसहाक हर्जोग मङ्गलबार युक्रेनको बाबी यार नरसंहारको ८०औं वार्षिकोत्सवको अवसरमा  आयोजित एक कार्यक्रममा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त नरसंहार यहुदीको सबैभन्दा ठूलो सामूहिक हत्यामध्ये एक हो ।

नाजीद्वारा सन् १९४१ सेप्टेम्बर २९ र ३० मा घटाइएको उक्त घटनामा ३३,००० भन्दा बढी मानिस मारिएका थिए । ती मध्ये अधिकांश यहूदी थिए ।

गत जुलाईमा राष्ट्रपति पद सम्हालेका हर्जोगको यो पहिलो राजकीय भ्रमण हो । यद्यपि उनी छिमेकी जोर्डन राजा अब्दुल्लाह द्वितीयसँग वार्ताका लागि भने त्यसतर्फ गएका थिए । र्याभिन (खोला) जसलाई बाबिन यार पनि भनिन्छ, त्यहाँ ३३००० जनालाई सामूहिक मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्डको बीभत्स दृश्यस्थलका रूपमा परिचित त्यसस्थलमा यहूदी, रोमा, र सोभियत युद्ध कैदीसहित १००,००० मानिस मारिएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, जो यहूदी वंशका हुन् उनले हर्जोगलाई उक्त समारोहमा आमन्त्रित गरेका थिए । गत हप्ता बाबी यारको भ्रमणको क्रममा उनले त्यहाँको त्रासदी कहिल्यै दोहोरिनु हुँदैन भनेका थिए ।

उनले भनेका थिए यस्तो त्रासदी युक्रेनमा छैन । युरोपमा कहीं पनि छैन । संसारमा कहीं छैन । (रासस-एफपी)