५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.34

Wind: 4.63

Humidity: 57

Latest
सिक्किममा निश्चललाई स्वर्ण जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत नेपोनको अध्यक्षमा पाण्डे चयन हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले दिए राजीनामा कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था समिति सभापतिलाई बुझाए ११ बुँदे मागपत्र संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक सेटमै झगडा गरेपछि असीमलाई ‘ब्याटलग्राउन्ड’बाट पनि निकालिदै ! आईपीएलमा आज आरसीबी भर्सेस पीबीकेएसः ब्याटिङमा कोहली र अय्यर भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदै



अ+ अ-

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेभएको छ ।

शुक्रबार नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त जानकारी दिनुभएको हो । साथै उहाँले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताउनुभयो ।

नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उहाँले बताउनुभयो । आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।

नेपालको बृहत्तर आर्थिक सामाजिक विकासलाई केन्द्रमा राखेर समुन्नत राष्ट्रको मार्गचित्र कोर्ने दिशामा सबै नेपाली पुनः एकपटक जुट्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री देउवाले देशको विकासका खातिर योगदान गर्न प्रवासी नेपालीलाई आह्वान गर्नुभयो ।

आगामी वैशाख ३० गते देशभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिँदै उहाँले सङ्घीय संसद्को निर्वाचन पनि समयभित्रे सम्पन्न गरिने बताउनुभयो ।

प्रजातन्त्र, मानवअधिकारको संरक्षण र सुशासन कायम गरी सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण गर्ने अभिभारा वर्तमान सरकारका सामु रहेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “संविधान जारी गरेपछि तीनवटै तहका निर्वाचन मेरो नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गरेको थियो । अब फेरि एक वर्षभन्दा कम समयमा प्रदेश र सङ्घीय संसद्को निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि यही सरकार सामु आएको छ ।” रासस