२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीले मलेसियालाई ८ विकेटले हरायो



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पीएनजीले मलेसियालाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा पीएनजीले मलेसियालाई ८ ले हराएको हो ।

पीएनजीका लागि आशाद भाला र टोनी उराले अर्धशतकीय इनिङ्स खेले । ५१ बल फेस गरेका भालाले ७४ रन जोडे भने उराले ३४ बलमा ८६ रनको योगदानी दिए । विष्फोटक ब्याटिङ गरेका उराले १० छक्का र २ चौका प्रहार गरे ।

यस्तै, चाल्र्स आमिनीले २२ बलमा २८ रनको योगदानी दिए । मलेसियाका लागि मुहम्मद वफिक र स्याजरुल इड्रसले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो ।

मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने । जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक/एक विकेट लिए ।

जारी सिरिजमा नेपाल तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले शनिबार चौथो खेल मलेसियासँग खेल्ने छ ।