११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन



अ+ अ-

झापा। झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिनादर्ता तथा आवश्यक कानुनी कागजातबिनै सञ्चालन भइरहेको पाएको छ ।

बुधबार भएको अनुगमनपछि गाउँपालिकाले त्यस्ता व्यवसायलाई आगामी २५ गतेभित्र गाउँपालिकामा दर्ता भई आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । साथै मूल्यसूची, होल्डिङ बोर्ड, बिल÷रसिदलगायत अन्य आवश्यक कानुनी कागजातसमेत सोही अवधिभित्र गाउँपालिकामा पेस गर्न पनि निर्देशन दिएको छ ।

अनुगमन टोलीको नेतृत्व गर्नुभएकी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले लक्ष्मीदेवी मैनालीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता अधिकारको संरक्षण गर्ने उद्देश्यले अनुगमन अभियानलाई निरन्तरता दिइने बताउनुभयो । “बजारलाई व्यवस्थित बनाउँदै सबै व्यवसायलाई कानुनी दायराभित्र ल्याउनु हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो ।

तोकिएको समयसीमाभित्र दर्ता तथा आवश्यक प्रक्रिया पूरा नगर्ने व्यवसायमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने गाउँपालिकाले जनाएको छ ।

उपाध्यक्ष मैनालीको नेतृत्वमा भएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, गाउँपालिकाका विभिन्न शाखा प्रमुख, सुरक्षाकर्मी, स्थानीय उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको सहभागिता थियो ।