४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव

एनआरएनएमा राजनीतिक चलखेल छैन्ः महासचिव डा. केशव पौडेल (भिडियोसहित)

एनआरएनएमा राजनीतिक चलखेल छैन्ः महासचिव डा. केशव पौडेल (भिडियोसहित)
अ+ अ-

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा। केशव पौडेलले संघमा राजनीतिक चलखेल नभएको दाबी गर्नुभएको छ ।

महासचिव पौडेलले राजनीतिक दल वा संघसंस्थासँग छलफल गर्दैमा संघमा राजनीति छिरेको भन्न नमिल्ने बताउनु भएको हो । उहाँले संघले अबका दिनमा नेपालको समृद्धिमा सहयोग गर्ने, विदेशमा बस्ने नेपालीहरुलाई नेपालसँग जोडिराख्ने, विदेशमा बसेका नेपालीलाई निरन्तर नेपाली नागरिकता लिइराख्न सक्ने व्यवस्था बनाउने लगायतका कामलाई सहजीकरण गर्नेतर्फ केन्द्रित रहने पनि बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँग भएको कुराकानीमा महासचिव पौडेलले सबै राजनीतिक दल, सरकार र संघसंस्थाहरुसँग छलफल गरेर आगामी दिनमा गैर आवासीय नेपाली संघलाई अघि बढाउने पनि बताउनु भयो । एनआरएनएको सामुहिक नेतृत्वले गैर आवासीय नेपालीका समस्या समाधान गर्ने दाबी गर्नुभयो । महासचिव पौडेलले संघमा केही समस्या समाधान भइसके पनि अहिले धेरै समस्या रहेको भन्दै त्यसलाई छलफलबाट टुंग्याएर अघि बढ्नुपर्ने बताउनु भयो ।

महासचिव पौडेलले भन्नुभयो, ‘यो एउटा नन् पोल्टिकल अर्गनाइजेशन हो । अराजनीतिक अर्गनाइजेशन हो । तर हामी नेपालका नागरिक हौँ । विदेशमा बस्स्दा पनि विदेशको नागरिकता लिएको भएपनि सम्पूर्ण नेपालीहरु नेपाली नै भएर मर्न चाहनुहुन्छ । एक पटकको नेपाली सधैँको नेपाली । फर नेपाली बाइ नेपाली । मान्छेहरुले यो संस्थामा धेरै राजनीतिकरण भयो भन्ने गरिएको छ । यसको उद्देश्य नेपालको समृद्धिमा सहयोग गर्ने, र विदेशमा बस्ने नेपालीहरुलाई नेपालसँग जोडिराख्ने, विदेशमा बसेका नेपालीलाई निरन्तर नेपाली नागरिकता निरन्तर लिइराख्न सक्ने व्यवस्था बनाउने । हामीले यही कुरालाई व्यवस्थित बनाउन विभिन्न दल र संगठन, नागरिक समाजसँग मिलेर काम गर्नुपर्छ । त्यो मिलेर गर्दा राजनीतिक दलसँग सहकार्य गरेका हौँ । छलफल गरेका हौँ । त्यसलाई राजनीतिकरण भयो भन्न मिल्दैन । राजनीतिक पार्टीसँग सम्बन्ध हुँदा राजनीतिकरण भयो कि भन्ने देखिए पनि ओभरल हाम्रो चाहना नेपालमा हामीले सकेको सहयोग गर्ने हो ।’

महासचिव पौडेलले एनआरएनएमा तीन जना अध्यक्षको सहकार्यमा नेतृत्व सुचारु हुन लागेकोप्रति कतिपयले पदको लागि सहकार्य गरेको भन्ने आरोप लगाएको भनेपनि त्यो सत्य नभएको बताउनु भयो । संस्थाले गैर आवासीय नेपालीहरुका समस्या समाधानका लागि सामुहिक सहमतिको नेतृत्व चयन गरेको बताउँदै महासचिव पौडेलले सामुहिक नेतृत्वले संस्थालाई संस्थावत बनाउने र पारदर्शी बनाउने कुरामा जोड दिने बताउनु भयो । मंगलवार न्युज एजेन्सीसँग कुरा गर्दै उहाँले सामुहिक नेतृत्व बन्नु सबै गैर आवासीय नेपालीहरु एकजुट हुनुको संकेत भएको बताउनु भयो । उहाँले अहिले भएको सामुहिक समझदारीले आउने दिनमा संस्थाको भविष्य उज्जल बनाउनेमा द्वीमत नरहेको पनि बताउनु भयो ।

महासचिव पौडेलले भन्नुभयो, ‘हामी बीचमा समस्या थिए । यो पदकै लागि हो कि भन्ने पनि देखिन्छ । समस्या अझै पनि छन् । त्यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ र स्वीकार गरेका पनि छौँ । समस्यालाई स्वीकार गरेपछि समाधान कसरी गर्ने भन्ने कुरामा पनि छलफल भयो । हामीलाई धेरै बाधा अड्चन आएको बेलामा समस्या समाधानका लागि सामुहिक सहमतिमा समस्या समाधान हुन्छ भने हामीले गरौँ भनेर गरेको हो । हामीले राजनीतिक दलहरुमा यो कुरा देखिसकेका छौँ । तर हाम्रो प्रयास यो संस्थालाई एकतावद्ध बनाएर संस्थालाई संस्थावत बनाउने र पारदर्शी बनाउने हाम्रो मुख्य योजना छ । नेतृत्वमा को बस्यो भन्दा पनि सिंगो एनआरएन एकै ठाउँमा उभियो भन्ने कुरा देखाउनका लागि महत्वपूर्ण थियो । अहिले भएको सामुहिक समझदारीले आउने दिनमा यसको भविष्य उज्वल बनाउनेछ ।’

महासचिव पौडेलले गैर आवासीय नेपालीहरुले नेपालमा धेरै क्षेत्रमा लगानी गरिरहे पनि त्यसको आवश्यक प्रचारप्रसार हुन नसकेको बताउनु भयो । उहाँले आवश्यक क्षेत्रमा अझै पनि गर्नुपर्ने जति लगानी गर्न नसकेको पनि स्पष्ट पार्नुभयो । महासचिव पौडेलले गैर आवासीय नेपाली नागरिकहरु नेपालमा लगानी गर्न सहज वातावरण बन्न नसकेको पनि बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आगामी दिनमा संघले सरकारसँग छलफल गरेर गैर आवासीय नेपालीहरुले नेपालका विभिन्न क्षेत्रमा गर्नसक्ने लगानीको झन्झटलाई सरलीकृत गर्न सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

महासचिव पौडेलले भन्नुभयो, ‘लगानीहरु भएका छन् तर सोचेको जस्तो भएको छैन । फाइनान्सियल, हाइड्रोको क्षेत्रमा, एजुकेशन इन्टीच्युटको क्षेत्रमा, हेल्थ केयरका क्षेत्रमा पर्यटनका क्षेत्रमा सबै ठाउँहरुमा गैर आवासीय नेपालीहरुको लगानी छ । त्यसलाई आवश्यक मात्रामा प्रचारप्रसार गर्न सकिएको छैन । गर्नुपर्ने जति भएको पनि छैन । विदेशमाबस्ने नागरिक भएपछि उनीहरुलाई नेपालमा आएर बस्ने वातावरण बनिसकेको छैन । पहिला भन्दा धेरै वातावरण बनिसकेको छ तर अझै धेरै झन्झटहरु छन् । एफडीआईका झन्झटहरु, प्रोसेसहरु, प्रोसेस चाल्न पनि कर्मचारीहरुमा रोकिने र काम नहुने प्रवृतिले अलि गाह्रो छ । हामी आउने दिनहरुमा नेपाल सरकारसँग छलफल गरेर यी झन्झटहरु कसरी कम गर्न सकिन्छ विदेशमा बसेर नेपालमा लगानी गर्न चाहने नेपाली तर टेक्नीकल्ली विदेशी नागरिकता लिनुभएकोहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर समाधानका उपाय निकाल्ने काम गरिरहेका छौँ ।’

महासचिव पौडेलले आगामी कार्ययोजना र उद्देश्य प्राप्तिका लागि संघले पदाधिकारीसँग छलफल गरेर असामान्य देखिएको विगतको स्थितिलाई सामान्य बनाउने र छवि सुधार गर्नेप्रति ध्यान दिने बताउनु भयो । उहाँले गैर आवासीय नेपालीहरुलाई नेपालमा लागनी गर्ने वातावरण बनाउने र विदेशमा सिकेको सीप, ज्ञानलाई प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्ने, लगानीका प्रोसेसहरुलाई सरलीकरण गर्ने, गैर आवासीय नेपालीको नागरिकता भइरहने स्थिति सिर्जना गर्ने, नागरिकताको विधेयक जाँदा गैर आवासीय नेपालीको नागरिकताको कुरा छुट्टै ल्याउन पहल गर्ने र त्यसलाई सजिलोसँग पास गर्ने काममा संस्था जुट्ने अबको उद्ेदश्य भएको बताउनु भयो ।