२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाको गृहजिल्ला मकवानपुरमा राप्रपा अध्यक्षमा शिवराम थापा, लिङ्देन हेटौँडा जाँदै



अ+ अ-

हेटौँडा । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन हुनुभएको छ । हेटौँडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको छ ।

राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनालगायत पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिकरुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताउनुभयो ।

साथै बैठकले यही चैत २७ गते हेटौँडामा बृहत् आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको अवस्थामा राप्रपाप्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दाबी गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष थापाले स्थानीय चुनावमा राप्रपालाई जसरी भए पनि सफल बनाएरै छाड्ने दाबी गर्नुभयो । बैठकमा पूर्व केन्द्रिय सदस्य रामहरि न्यौपाने, बागमती प्रदेशका सचिव गुन्जन न्यौपाने, प्रदेश सदस्य ध्रुव सञ्जेल, सुन्दर शाही, सचिव सागर थापालगायतले देशको मुलधारको शक्ति बनाउन संगठनको संरचनालाई गतिशील बनाउन सबै तहको क्रियाशीलतामा जोड दिनुभयो।