२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाको गृहजिल्ला मकवानपुरमा राप्रपा अध्यक्षमा शिवराम थापा, लिङ्देन हेटौँडा जाँदै



अ+ अ-

हेटौँडा । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन हुनुभएको छ । हेटौँडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको छ ।

राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनालगायत पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिकरुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताउनुभयो ।

साथै बैठकले यही चैत २७ गते हेटौँडामा बृहत् आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको अवस्थामा राप्रपाप्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दाबी गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष थापाले स्थानीय चुनावमा राप्रपालाई जसरी भए पनि सफल बनाएरै छाड्ने दाबी गर्नुभयो । बैठकमा पूर्व केन्द्रिय सदस्य रामहरि न्यौपाने, बागमती प्रदेशका सचिव गुन्जन न्यौपाने, प्रदेश सदस्य ध्रुव सञ्जेल, सुन्दर शाही, सचिव सागर थापालगायतले देशको मुलधारको शक्ति बनाउन संगठनको संरचनालाई गतिशील बनाउन सबै तहको क्रियाशीलतामा जोड दिनुभयो।