२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, निर्वाचन निष्पक्ष रुपले सम्पन्न होस्’- प्रचण्ड (भिडियोसहित)

‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, निर्वाचन निष्पक्ष रुपले सम्पन्न होस्’- प्रचण्ड (भिडियोसहित)
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित रिपोर्टस् क्लवको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताउनुभएको हो । उहाँले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडी बढाउन आफुहरु प्रष्ट रहेको बताउनुभयो ।

उहाँले गठबन्धनको सम्बन्धमा कांग्रेस केन्द्रीय कमिटी बैठकले निर्णय गरेसँगै अब गठबन्धन हुने कि नहुने भन्ने दुविधा नरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन भनेर बनाएका छौँ । अब निर्वाचन अगाडी छ । र गठबन्धन चाहीँ हामी गठबन्धनकै रुपमा जाने भन्नेतिर नै हामी प्रष्टै छौँ । नेपाली कांग्रेसको कार्यसमितीले के गर्ला भन्ने थियो, कार्यसमितिको पनि करिब, करिब गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौँ । र आउने निर्वाचनलाई हामीले शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष रुपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्वलाई, राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न मद्दत गरोस् भन्नेतिर नै हाम्रो छ ।’

अध्यक्ष दाहालले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजि तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उहाँले बताउनुभयो । उहाँले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले तरलताको अभाव, विज्ञान, प्रविधिको प्रयोग गरेर हुने गरेका थुप्रैखालका विचलनहरु त्यसको प्रभाव, अन्तर्राष्ट्रिय परिस्थितिमा आएको हेरफेरको प्रभाव, हाम्रै नीतिमा कमि, कमजोरीका कारणले पैदा भएका समस्याको प्रभाव, यो सबै प्रभावहरुको गम्भिर आत्मसमिक्षा गरेर नेपालको अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट जोगाउने दायित्व हामी राजनीतिक नेतृत्व र सबै नीजि, सार्वजनिक क्षेत्रमा, अर्थतन्त्रको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुको, संघसंस्थाहरुको दायित्व हुन आएको छ । यस विषयमा हामीले गम्भिर चर्चा गठबन्धन भित्र पनि गर्यौँ।

मैले प्रधानमन्त्रीजीलाई यो विषयमा एउटा बृहत्तर छलफल आयोजना गरेर समिक्षा गर्न जरुरी छ र एउटा साझा निष्कर्ष निकालेर अर्थतन्त्रलाई दुर्घटनातिर जान बाट रोक्नुपर्छ भन्नेमा हाम्रो सहमती पनि भएको छ । र हामी छिट्टै त्यस्तो बैठकको आयोजना गर्ने र व्यापक विचार, विमर्श गरेर अर्थतन्त्रलाई सम्हालेर लैजानेतिर हाम्रो प्रयास जारी छ । गम्भिर रुपले छलफल गरिएन र यसलाई नियन्त्रण गर्ने उपायहरु अवलम्वन गरिएन भने भोली अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने साँचो कुरा हो । र राजनीतिक गठबन्धनको तर्फबाट मैले भन्नुपर्दा त्यो समस्याको समाधान गर्ने पहल सुरु भइसकेको छ । उपाय निकाल्छौँ र यो स्थितिलाई हामी सम्हाल्छौँ ।’

उहाँले माओवादी केन्द्रले देशमा आउने प्रत्येक राजनीतिक संकटलाई मोचन गर्न भुमिका खेलेको भएपनि त्यस अनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो गर्नुभयो । पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको उहाँले बताउनुभयो ।