२२ भाद्र २०८३, सोमबार
,
Latest
रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक सिरिजः नेपाल मलेसियाविरुद्ध भिड्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत घरेलु टोली नेपालले आज (बुधबार) पाहुना टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ः३० मा सुरु हुनेछ ।

दुबै टोलीले पहिलो खेल जितसँगै सिरिजको सुखद सुरुवात गरिसकेका छन् । दुई टोलीले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेका हुन् ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो भने मलेसियाले पपुवा न्युगिनीलाई ८ रनले हराएको थियो ।

यसअघि नेपाल र मलेसिया ६ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन् । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेल नेपालले आफ्नो पक्षमा पार्दा मलेसियाले नेपाललाई एक पटक मात्र हराएको छ ।

नेपालले बिहीबार पिएनजीसँग खेल्नेछ । यस्तै, शनिबार पुनः मलेसियाविरुद्ध खेल्नेछ । शीर्ष दुई टोलीले अप्रिल ४ मा फाइनल खेल्नेछन् ।

नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।