२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक सिरिजः नेपाल मलेसियाविरुद्ध भिड्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत घरेलु टोली नेपालले आज (बुधबार) पाहुना टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ः३० मा सुरु हुनेछ ।

दुबै टोलीले पहिलो खेल जितसँगै सिरिजको सुखद सुरुवात गरिसकेका छन् । दुई टोलीले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेका हुन् ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो भने मलेसियाले पपुवा न्युगिनीलाई ८ रनले हराएको थियो ।

यसअघि नेपाल र मलेसिया ६ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन् । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेल नेपालले आफ्नो पक्षमा पार्दा मलेसियाले नेपाललाई एक पटक मात्र हराएको छ ।

नेपालले बिहीबार पिएनजीसँग खेल्नेछ । यस्तै, शनिबार पुनः मलेसियाविरुद्ध खेल्नेछ । शीर्ष दुई टोलीले अप्रिल ४ मा फाइनल खेल्नेछन् ।

नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।