एजेन्सी । लखनउ सुपर जायन्ट्सका तीब्र गतिका बलर मार्क वुड कुहिनोमा चोटका कारण इन्डियन प्रिमियर लिगको १५ औं सिजनबाट बाहिर भएका छन् ।
मार्क वुडभन्दा अगाडि दुई जना इंग्लिस खेलाडी जेसन रोय र एलेक्स हेल्सले पनि सिजनबाट नाम फिर्ता लिएका छन् ।
उनी लगातार बायो बबलको थकानबाट समस्यामा थिए । लखनऊ सुपर जायन्ट्सले चाँडै मार्क वुडको स्थानमा नयाँ खेलाडी घोषणा गर्नेछ ।
मार्क वुडको बाहिरिनु लखनऊ सुपर जायन्ट्सका लागि ठूलो झट्का हो । लखनउको टोलीको कप्तानी केएल राहुलको हातमा छ । यस्तै, लखनउसँग दुष्मन्थ चमिरा, आवेश खान, अंकित राजपूत फास्ट बलिङ विकल्पको रूपमा छन् । मार्क वुडको सट्टा, यी खेलाडीहरू लखनउको लागि राम्रो प्रतिस्थापन हुन सक्छन् ।
लखनउले आफ्नो पहिलो आईपीएल खेल मार्च २८ मा गुजरात टाइटन्ससँग वानखेडे स्टेडियममा खेल्नेछ । यस्तो अवस्थामा छिट्टै लखनउको टोलीले मार्क वुडको स्थानमा खेलाडीको घोषणा गर्नेछ ।