१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि गणनाका लागि ३३ सुपरिवेक्षक र १३३ गणक



अ+ अ-

झापा । केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ । नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको हो ।

झापाका १५ वटै पालिकामा गणनाका लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताउनुभयो । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ सुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउन लागिएको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा नौ हजार ४०० कृषि परिवार छ । सोही तथ्याङ्कलाई आधार मानेर जिल्लाको १३१ वडालाई ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउन लागिएको अधिकृत लुइँटेलले बताउनुभयो । करारमा नियुक्त भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि वैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिइने र त्यसपछि तथ्याङ्क सङ्कलनका लागि ४५ दिनसम्म घरदैलोमा पठाइने उहाँले उहाँले जानकारी दिनुभयो । अधिकृत लुइँटेललले भन्नुभयो, “यो गणनाले कृषि मन्त्रालयले दश वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भयो त्यसको पनि विवरण प्राप्त हुने सरकारको अपेक्षा छ ।”

कृषि गणनामा पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरण सङ्कलन गरिनेछ । जिल्लामा चैत १ गतेदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको अधिकृत लुइँटेलको भनाइ थियो ।