• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल ★   इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाइदिएः रास्वपा ★   राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड ★   सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु ! ★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित)

चाडपर्वमा बजार अनुगमनमा कडाई, कारबाहीमा परे न्यूरोडका ५ पसल (भिडियोसहित)



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो ।

कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५÷२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो । निरिक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरुमा भने मुख्य व्यपारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।

निरिक्षण अधिकृत झाले भन्नुभयो, ‘न्यूरोडको खिचापोखरीमा अनुगमन गर्यौं,७ वटा पसलहरुमा अनुगमन गर्यौं, कपडा पसल,भाँडा पसल,२ वटा खाद्यान्नका पसलहरुमा अनुगमन गर्यौं, ७ पसलमध्ये दुई तीनवटा दर्ता नै नगरी सञ्चालन गरेको पाइयो, जसलाई हामीले तत्काल जरिबाना गर्यौं,कसैलाई १५, कसैलाई २० हजारको दरले जरिबाना गर्यौं, एकदुई वटा पसलहरुमा स्वयं साहू नभएको हुनाले उहाँहरुलाई तीन दिनको समय दिएर विभागमा बोलाएका छौँ ।’

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न प्रत्येक दिन जसो अनुगमन गरिरहेको छ ।