• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई दोस्रो सफलता, अर्धशतक बनाएका जोनसनलाई भुर्तेलले आउट पारे ★   नेपालविरुद्ध जोनसनको अर्धशतक ★   जोखिम नमोली परिणाम प्राप्त हुँदैन: अर्थमन्त्री पुन ★   अब पहुँचको भरमा माफी मिनाहा हुँदैन: गृहमन्त्री लामिछाने ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता ★   समृद्ध नेपाल निर्माण गर्ने महाअभियान शुरु भएको छ: मन्त्री शर्मा ★   नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने ★   आईपीएलमा आज कडा टक्कर, शिर्ष स्थानको राजस्थान र हैदरावाद भिड्दै ★   मुगुको गमगढीमा नि:शुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल

टी–२० सिरिज : नेपालद्वारा पपुवा न्यूगिनी पराजित



काठमाडाैं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो ।

पपुवा न्यूगिनीका लागि नोरमान भानुले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २९ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरे । यस्तै सेसे बाउले ३०, चाल्र्स अमिनीले २२, लेगा सिएकाले २१, चाड सोपरले १३, कप्तान असद भालाले ७, टोनी उराले ५, तथा रिले हेकुरे ३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन तीन, अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट हात लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भूर्तेलले २०, करण केसीले १९, कुशल मल्लले ११, लोकेस बमले ५, दीपेन्द्रसिंह ऐरीले ४ तथा सोमपाल कामी र सन्दिप लामिछानेले एक एक रन बनाए ।

बलिङतर्फ पवुवा न्यूगिनीका चाल्र्स अमिनी, अलेइ नाओ र चाड सोपरले दुई दुई तथा नोरमान भानु र रिले हेकुरेले एक एक विकेट लिए ।

जीतसँगै नेपालले २ अङ्क जोडेको छ । नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित सिरिजमा अब नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ । मङ्गलबार पपुवा न्यूगिनी र मलेसियाबीच खेल हुनेछ ।