• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ ।

नेपालले आजको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेर वेस्ट इन्डिजले पहिले ब्याटिङ रोजेको हो ।

नेपाललाई आजको खेल जितेर सिरिजमा बराबरी गर्ने अवसर छ ।

नेपाली टोलीः
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी