• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

आईपीएलमा आज कडा टक्कर, शिर्ष स्थानको राजस्थान र हैदरावाद भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको ५० औं खेलमा आज सनराइजर्स हैदरावादले राजस्थान रोयल्सको सामना गर्दैछ । हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

आज हैदरावाद र राजस्थान यस सिजनमा पहिलो खेल खेल्दैछज् । यो दुवै टोलीको १० औं खेल हुनेछ । राजस्थान ९ मध्ये ८ जित हात पार्दै १६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । उता, हैदरावाद ९ मध्ये ५ जित हात पार्दै १० अंकसहित पाँचौं स्थानमा छ ।

हेड टु हेडमा हैदरावाद र राजस्थान बराबर

हेड टु हेडमा हैदरावाद र राजस्थान बराबरीमा छन् । यी दुई टोलीबीच हालसम्म कूल १८ आईपीएल खेल भएका छन् ।जसमा हैदरावाद र राजस्थानले समान ९र९ खेल जितेका छन् । दुई टोलीबीच हैदरावादमा कुल ४ खेल खेलिएको छ । जसमा हैदरावादले ३ खेल जितेको छ भने राजस्थानले १ खेल जितेको छ ।

हैदरावादका लागि हेड सर्वाधिक रन स्कोरर

हैदरावाद ब्याटिङमा ट्राभिस हेड, अभिषेक शर्मा र हेनरिक क्लासेनमा धेरै निर्भर छ। टोलीका लागि हेडले सर्वाधिक ३३८ रन बनाएका छन् । उनले ८ खेलमा शतक समेत बनाएका छन् । टी नटराजनले सर्वाधिक १३ विकेट लिएका छन् ।

आरआरका लागि सामसन सर्वाधिक रन स्कोरर

राजस्थानमा जोस बटलर, यशस्वी जैसवाल, रियान पराग र कप्तान सञ्जु सैमसन जस्ता इनफार्म ब्याट्सम्यान छन् । शिमरोन हेटमायर र रोभम्यान पावेलका अलावा ध्रुव जुरेलले पनि रन बनाएका छन् । बलिङमा युजभेन्द्र चहल, ट्रेन्ट बोल्ट, आवेश खान र सन्दीप शर्माले राम्रो प्रदर्शन गरिरहेका छन् । कप्तान सञ्जु सामसनले सर्वाधिक रन बनाएका छन् भने चहलले सर्वाधिक विकेट लिएका छन्।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ​ ११:

प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, एडेन मार्कराम, हेनरिक क्लासेन (विकेटकिपर), नितिश कुमार रेड्डी, अब्दुल समद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनाडकट।

ईम्प्याक्ट खेलाडी: उमरान मलिक।

राजस्थान रोयल्सको सम्भावित प्लेईङ​ ११:

सञ्जु सैमसन (कप्तान र विकेटकीपर), यशस्वी जैसवाल, जोस बटलर, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल।

ईम्प्याक्ट खेलाडी: रियान पराग।