३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमा कोरोनाबाट एकैदिनमा ९०० भन्दा बढीको मृत्यु



अ+ अ-

मस्को । रुसमा बुधबार एकैदिनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ । 

कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृतकहरुको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ । अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।

यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए । रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिदै गएको छ । (रासस-एएफपी)