१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

नेपाल पीएनजीसँग तीन विकेटले पराजित

नेपाल पीएनजीसँग तीन विकेटले पराजित
अ अ+ अ-

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग ३ विकेटले पराजित भएको छ ।योसँगै दुई ओडिआई खेलको सिरिज भ्रमण टोली पपुवा न्युगिनीले २–० ले जित्दै क्लिनस्विप गरेको छ ।

२ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

पीएनजीका लागि लेगा सिएकाले सर्वाधिक ९० रनको योगदान दिए । १०२ बल खेलेका उनले १२ चौका र १ छक्का प्रहार गरे । यसैगरी, चाल्र्स अमिनीले ३० बलमा ३५, सेसे बाउले ६९ बलमा ३८, रिले हेकुरले ४५ बलमा ४८, हिरी हिरीले २२ बलमा १३, नोर्मान भनुआले ५ बलमा ११ रन जोडे भने चाड सोपर १६ रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने पवन शर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरे । ऐरीले १ सय ३६ बलमा ६ चौका प्रहार गर्दै शतक पूरा गरे । उनले १४० बलमा ७ चौका प्रहार गर्दै १०५ रनको योगदानी दिए ।

योसँगै उनी एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालका पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए ।

यसैगरी, देव खनालले ८६ बलमा ७२, रोहित पौडेलले ३६ बलमा ३५, भीम सार्कीले १९ बलमा २६ रनको योगदानी दिए । अन्तीम ओभरको स्थितीमा सन्दीप लामिछानेले ९ बलमा २४ रन जोड्दै नेपालको लक्ष्यलाई बढाएका थिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

पीएनजीका लागि अली नाओले ३ विकेट लिए भने नोर्मान भनुआले २ तथा चाड सोपर र चाल्र्स अमिनीले एक–एक विकेट लिए । दुई एकदिवसीय खेलको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । अब नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच त्रिदेशीय टि२० आई सिरिज हुनेछ । नेपालले सोमबार पपुवा न्युगिनीको सामना गर्नेछ ।