२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पीएनजीसँग तीन विकेटले पराजित



अ+ अ-

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग ३ विकेटले पराजित भएको छ ।योसँगै दुई ओडिआई खेलको सिरिज भ्रमण टोली पपुवा न्युगिनीले २–० ले जित्दै क्लिनस्विप गरेको छ ।

२ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

पीएनजीका लागि लेगा सिएकाले सर्वाधिक ९० रनको योगदान दिए । १०२ बल खेलेका उनले १२ चौका र १ छक्का प्रहार गरे । यसैगरी, चाल्र्स अमिनीले ३० बलमा ३५, सेसे बाउले ६९ बलमा ३८, रिले हेकुरले ४५ बलमा ४८, हिरी हिरीले २२ बलमा १३, नोर्मान भनुआले ५ बलमा ११ रन जोडे भने चाड सोपर १६ रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने पवन शर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरे । ऐरीले १ सय ३६ बलमा ६ चौका प्रहार गर्दै शतक पूरा गरे । उनले १४० बलमा ७ चौका प्रहार गर्दै १०५ रनको योगदानी दिए ।

योसँगै उनी एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालका पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए ।

यसैगरी, देव खनालले ८६ बलमा ७२, रोहित पौडेलले ३६ बलमा ३५, भीम सार्कीले १९ बलमा २६ रनको योगदानी दिए । अन्तीम ओभरको स्थितीमा सन्दीप लामिछानेले ९ बलमा २४ रन जोड्दै नेपालको लक्ष्यलाई बढाएका थिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

पीएनजीका लागि अली नाओले ३ विकेट लिए भने नोर्मान भनुआले २ तथा चाड सोपर र चाल्र्स अमिनीले एक–एक विकेट लिए । दुई एकदिवसीय खेलको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । अब नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच त्रिदेशीय टि२० आई सिरिज हुनेछ । नेपालले सोमबार पपुवा न्युगिनीको सामना गर्नेछ ।