३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण



अ+ अ-

जकार्ता । इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ। बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ ।

उक्त परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको र त्यो समयको पर्खाइमा रहेको समेत बताउनुभएको छ । उहाँका अनुसार पाम तेलमा आधारित बायोडीजल मिश्रण  इन्धन भू-यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ। 

उडान परीक्षण १०,००० र १,६००० फिट को उचाइ मा उडान गर्ने विमानसँगै गरिएको थियो। उक्त परीक्षणबाट जेट A1 ईन्धन र J 2.4 को उपयोग गर्ने  विमान र यसमा समानता पाइएको छ। यातायातमन्त्री बुडी कार्यासुमादी यो परीक्षणको सफलता देश भित्रको मात्र नभएर अन्तरराष्ट्रिय रूपमै भएको बताउँनुभएको छ। (रासस-सिन्हवा)