९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. प्रकाशशरण महतको टोली दिल्लीमा



अ+ अ-

काठमाडौं । भारत भ्रमणकामा गएको  नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीलाई  नयाँ दिल्ली स्थित ईन्दिरा गान्धी  अन्तराष्ट्रिय बिमानस्थलमा भारतीय जनता पार्टीका नेताहरुलै स्वागत गरेका छन् ।  

महतको नेतृत्वमा  गएको टोलीमा नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा रहनु भएको छ ।  हुनुहुन्छ । पाँच दिनको भ्रमणका क्रममा उहाँहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महतको आमन्त्रणामा केही हप्ता अघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउनुभएको थियो । त्यस भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा महतसहित नेपाली काँग्रेस र अन्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो । 

यो पनि पढ्नुहोस – सहमहामन्त्री डा. महतको नेतृत्वमा काँग्रेसको टोली भारत प्रस्थान