• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल ★   जसपाका मन्त्रीको शपथ ६ बजे

चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा



एजेन्सी । चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आउनु भएको छ ।

भ्रमणका क्रममा उहाँले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नु भएको समाचारमा जनाइएको छ ।

उहाँले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहित हैदरावाद हाउसमा भेटवार्ता गर्नु भएको छ ।

त्यसअघि उहाँले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उहाँकै कार्यालय साउद ब्लकमा भेटवार्ता गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गर्नु भएको थियो ।

भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उहाँहरूले छलफल गर्नु भएको जनाइएको छ ।

विभिन्न देशको भ्रमण गर्ने क्रममा उहाँ बिहीवार बेलुका भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुग्नु भएको हो ।

यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेश मन्त्री यी भारत आउनु भएको जनाइएको छ ।

भारत आउनु अघि उहाँले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठन (ओआइसी) को बैठकमा सहभागी हुनुभएको थियो ।