९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा



अ+ अ-

एजेन्सी । चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आउनु भएको छ ।

भ्रमणका क्रममा उहाँले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नु भएको समाचारमा जनाइएको छ ।

उहाँले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहित हैदरावाद हाउसमा भेटवार्ता गर्नु भएको छ ।

त्यसअघि उहाँले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उहाँकै कार्यालय साउद ब्लकमा भेटवार्ता गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गर्नु भएको थियो ।

भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उहाँहरूले छलफल गर्नु भएको जनाइएको छ ।

विभिन्न देशको भ्रमण गर्ने क्रममा उहाँ बिहीवार बेलुका भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुग्नु भएको हो ।

यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेश मन्त्री यी भारत आउनु भएको जनाइएको छ ।

भारत आउनु अघि उहाँले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठन (ओआइसी) को बैठकमा सहभागी हुनुभएको थियो ।