• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो

मैत्रीपूर्ण खेलः नेपालले थाइल्यान्डको सामना गर्दै



photo: anfa

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज (बिहीबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डको चोनबरीमा नेपाल र थाइल्यान्डबीचको खेल नेपाली समयानुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

आजको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डकै चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको थियो ।

यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले दुबै खेल १–० को नतिजासहित आफ्नो पक्षमा पारेको थियो ।

नेपाल एसियन कप छनोटमा समूह ‘ए’ मा रहेको छ । जुन समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।