२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक र भवानीको जोडी क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । दीपक लामा र भवानी थापा दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मनकामना टोल सुधार समाज र शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगितामा दीपक र भवानीको जोडीले प्रमिश ढुंगाना र रुसल न्यौपानेको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गरे । सेमिफाइनलमा विजेता जोडीको भेट उमेश राई र देवी पराजुलीको जोडीसंग हुनेछ ।

गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगिताको अन्य खेलमा टंक पराजुली र विश्व पौडेलको जोडीले कृष्ण धिताल र लक्ष्मण चौलागाईंको जोडीलाई २१–१७ र २१–१४ तथा बाबुराम ढकाल र भुवल तामाङको जोडीले कृष्ण खतिवडा र विकास न्यौपानेको जोडीलाई २३–२१ र २१–१४ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित  गरे ।

त्यस्तै प्रकाश पराजुली र कुमार पन्तको जोडीले सन्तोष बुढाथोकी र भरत बुढाथोकीको जोडीलाई २१–१५ र २१–१२ को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।