२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक र भवानीको जोडी क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । दीपक लामा र भवानी थापा दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मनकामना टोल सुधार समाज र शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगितामा दीपक र भवानीको जोडीले प्रमिश ढुंगाना र रुसल न्यौपानेको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गरे । सेमिफाइनलमा विजेता जोडीको भेट उमेश राई र देवी पराजुलीको जोडीसंग हुनेछ ।

गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगिताको अन्य खेलमा टंक पराजुली र विश्व पौडेलको जोडीले कृष्ण धिताल र लक्ष्मण चौलागाईंको जोडीलाई २१–१७ र २१–१४ तथा बाबुराम ढकाल र भुवल तामाङको जोडीले कृष्ण खतिवडा र विकास न्यौपानेको जोडीलाई २३–२१ र २१–१४ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित  गरे ।

त्यस्तै प्रकाश पराजुली र कुमार पन्तको जोडीले सन्तोष बुढाथोकी र भरत बुढाथोकीको जोडीलाई २१–१५ र २१–१२ को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।