काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) पार्टीबीच एकता भएको छ ।
आठबुँदे सहमति गरी दुई पार्टीबीच एकता भएपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) हुने र चुनाव चिन्ह कलम रहने भएको हो ।
यसअघि जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिन्ह दर्ता गराएको थियो ।