• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

यी हुन् एकदिने मेयर बनेकी १८ वर्षीया किशोरी



सिन्धुली । एकदिने मेयर बन्ने अवसर पाएकी कमलामाई नगरपालिका १३ रानीवास निवासी १८ वर्षीय किशोरी स्वस्तिका बख्रेल चर्चामा आएकी छन् । 

बहालवाला मेयर खड्गबहादुर खत्रीले तीन दिनपछि हुने अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा स्वस्तिकालाई पदभार ग्रहण गराएका हुन् ।

जनजाति विकास समाजले स्वस्तिकालाई शुक्रबार कमलामाई नगरपालिकाको एकदिने नगर प्रमुख बन्ने अवसर प्रदान गरेको थियो । 

सानै उमेरकी स्वस्तिकालाई एक दिनका लागि मेयर पदमा बहाली गर्न पाउँदा आफू खुसी बनेको मेयर खत्रीले बताए । साथै उक्त कार्यक्रमले किशोर तथा बालबालिकाको हितमा नयाँ सन्देश दिने उनको भनाई छ ।

स्वस्तिकाले पदबहाल गर्दै किशोरी तथा बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि नयाँ योजना बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरिन् । 

उनी हाल गौमती नमूना उच्च माविबाट १२ कक्षाको परीक्षा सकेर बसेकी छन् । यस्तै केही वर्षयता किशोरी र बालिकाहरुमा जनचेतनाका लागि उनी अग्रसर छिन् ।