९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एकदिने मेयर बनेकी १८ वर्षीया किशोरी



अ+ अ-

सिन्धुली । एकदिने मेयर बन्ने अवसर पाएकी कमलामाई नगरपालिका १३ रानीवास निवासी १८ वर्षीय किशोरी स्वस्तिका बख्रेल चर्चामा आएकी छन् । 

बहालवाला मेयर खड्गबहादुर खत्रीले तीन दिनपछि हुने अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा स्वस्तिकालाई पदभार ग्रहण गराएका हुन् ।

जनजाति विकास समाजले स्वस्तिकालाई शुक्रबार कमलामाई नगरपालिकाको एकदिने नगर प्रमुख बन्ने अवसर प्रदान गरेको थियो । 

सानै उमेरकी स्वस्तिकालाई एक दिनका लागि मेयर पदमा बहाली गर्न पाउँदा आफू खुसी बनेको मेयर खत्रीले बताए । साथै उक्त कार्यक्रमले किशोर तथा बालबालिकाको हितमा नयाँ सन्देश दिने उनको भनाई छ ।

स्वस्तिकाले पदबहाल गर्दै किशोरी तथा बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि नयाँ योजना बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरिन् । 

उनी हाल गौमती नमूना उच्च माविबाट १२ कक्षाको परीक्षा सकेर बसेकी छन् । यस्तै केही वर्षयता किशोरी र बालिकाहरुमा जनचेतनाका लागि उनी अग्रसर छिन् ।