२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार छाड्न प्रचण्ड र नेपाललाई कांग्रेस केन्द्रीय सदस्य भट्टराईको चुनौती



अ+ अ-

दमौली। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकार छाड्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।

तनहुँको आँबुखैरेनीमा कार्यकर्ता पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा सँगै बसेर एमसीसी पारित गराएर अहिले द्वैध चरित्र देखाएको भन्दै दुई नेताको आलोचना गरे । सरकारमा सँगै बसेर एमसीसी पारित गर्दा राष्ट्रघाती नदेख्ने अहिले प्रधानमन्त्रीको आलोचना गर्दै हिंड्ने ? उनले प्रश्न गरे ।

उनले यदि एमसीसीलाई राष्ट्रघाती नै भन्ने हो भने सरकार छाड्न र चुनावी तालमेलको कुरा नगर्न चेतावनी दिए । एमसीसी पास पनि गर्ने अनि राष्ट्रघाती भन्ने तर चुनावमा तालमेलको कुरा गर्न सुहाउँछ उनले प्रश्न गरे ।

आँबु -२ मा आयोजित कार्यक्रममा माओवादीबाट विजयी वडा सदस्य धनराज गुरुङ सहित ३० कार्यकर्तालाई उनले प्रवेश गराएको पार्टी जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

पार्टी वडा सभापति मिलन गुरुङको सभापतिमा भएको कार्यक्रममा पवित्रा गौली, गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, वाउँपलिका उपाध्इक्ष पुष्पादेवी श्रेष्ठ, जिल्ला सदस्य केशबनाथ खनाल, आबु को पार्टी सभापति बिष्णु पन्थ २ को अध्यक्ष कटक थापा र स्थानीय प्रतिनिधि गोविन्द ढकाल, सोलबहादुर चितौरे, विजय गुरुङ, धनबहादुर गुरुङको सहभागीता थियो ।

यसअघि उनले बन्दीपुरमा पनि पार्टीको वडा कार्यालय उद्घाटन गरेका थिए ।